मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किदा दुईजना घाइते

IMG-20241116-WA0021

नक्सलबारी: नक्सलबारीको बेनगाईजोतस्थित एसियन हाइवेमा एउटा मोटरसाइकल अनियन्त्रित हुँदा डिभाइडरमा ठोक्किएको घटनामा दुई युवा गम्भीर घाइते भएका छन्। घाइतेहरु नक्सलबारी तोताराम जोत निवासी मोहम्मद जाहेल र मोहम्मद जुवेल रहेको छ। खोरीबारीको पानीटेँकीबाट नक्सलबारी जाँदै गर्दा बेनगाईजोत क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको बताइएको छ। स्थानीयवासीले घटनास्थल पुगेर घाइते दुवै युवकलाई उद्धार गरी नक्सलबारी अस्पताल पुर्याएका थिए। जहाँबाट दुवैलाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको थियो। घटनाको जानकारी पाएलगत्तै नक्सलबारी थानाको पुलिस घटनास्थल पुगेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement