मन्त्री दाहालद्वारा देन्तामदेखि इन्टेक कर्माटारको भ्रमण

IMG-20250117-WA0271

गेजिङ: सिक्किम सरकारका सडक एवं पुल बिभागीय मन्त्री एनबी दाहालको नेतृत्वमा विधायक एवं सल्लाहकार इरुङ तेन्जिङ लेप्चा, गेजिङ जिल्लाका जिल्ला अध्यक्ष डीएस लिम्बू लगायतको एक टोलीले देन्तामदेखि इन्टेक कर्मटारका केही महत्त्वपूर्ण स्थलको निरीक्षण गरेको छ। मुख्यमन्त्रीद्वारा हालै देन्ताम महकुमा कार्यालयको उद्घाटन सम्पन्न भएपश्चात मन्त्री दाहाल नेतृत्वको टोलीले यस क्षेत्रको भ्रमण गरेका हुन्। टोलीले देन्ताम-इन्टेक क्षेत्रका भौतिक संरचना, क्षतिग्रस्त पुल, सडक र प्रभावित घर-जमीनको अवस्थाबारे प्रत्यक्ष रूपमा अवलोकन गरेका छन्। विशेषगरी सिम्बले र कर्मटार गाउँलाई जोड्ने पुलको मरम्मति कार्यलाई प्राथमिकता दिइनुपर्ने र पैह्रोको कारण जोखिममा परेका घर-जमीनको सुरक्षाका लागि झोडा बाध्ने योजना अगाडि बढाउनुपर्ने निष्कर्षमा टोली पुगेको छ। टोलीले प्रभावित क्षेत्रको स्थायी समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि व्यक्त गर्योा। भ्रमणका क्रममा टोलीले स्थानीय जनतासँग विभिन्न विषयमा छलफल गर्दै उनीहरुको समस्या, माग र समाधानबारे जानकारी लिएको थियो। मन्त्री दाहालले जनहितका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। यस क्षेत्रको निरीक्षणले स्थानीय संरचनाको सुधार र विकासलाई गति दिने विश्वास गरिएको छ। स्थानीय जनताले पनि टोलीको यस पहललाई स्वागत गर्दै छिटो समाधान कार्यान्वयन हुने आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement