जारथाङ: कोलकता एउटा पुरानो क्लब चर्च बोइस यूनाइटेड यहाँको खेल मैदानमा सम्पन्न भइरहेको १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्ड कप फूटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ। आज खेलिएको पहिलो सेमी फाइनल म्याचमा इन्टरनेशनल एफसी पञ्जाबलाई परास्त गरेर चर्च बोइस युनाइटेडले फाइनलको टिकट प्राप्त गरेको हो।
फाइनलको सङ्घारमा पुगेका दुवै टीमले आजको म्याचमा आफ्नो श्रेष्ट दिने प्रयास गरेको थियो। खेल निक्कै प्रतिस्पर्धी र रोमाञ्चक भएको थियो जसको दर्शकहरूले खुब आनन्द लिए। निर्धारित समयको खेलमा दुवै टीमले २-२ गोल गरेकोले म्याच बराबरीमा समाप्त भयो। त्यसको टाइ ब्रेकर खेलाइयो जसमा एक गोलको अन्तरले चर्च बोइल यूनाइटेज विजयी बन्यो।
उल्लेखनीय छ, जोरथाङ माघे मेलाको अवसरमा स्थानीय खेल मैदानमा १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्ड कप फूटबल टुर्नामेन्ट आयोजना गरिएको छ। राज्य सरकारको खेलकुद एवं युवा मामिला विभागद्वारा आयोजित यस टुर्नामेन्टमा देशका विभिन्न प्रान्त साथै छिमेकी राष्ट् नेपाल र भोटानका क्लबहरूले पनि सहभागिता जनाएको छ। टुर्नामेन्टको दोस्रो सेमी फाइल म्याच आगामी १९ जनवरीको दिन नेपालको झापा एकादश र नयाँ दिल्लीबीच हुनेछ भने फाइनल म्याच माघे मेलोको समापन समारोहको अवसरमा २१ जनवरीको दिन खेलाइनेछ।
आजको सेमी फाइनल म्याच हेर्न अन्यहरूको साथमा राज्यका लोकसभा सांसद इन्द्र हाङ लिम्बू पनि उपस्थित थिए।