गान्तोक: राष्ट्रिय सड़क सुरक्षा महिना २०२५ अन्तर्गत आजदेखि गान्तोकमा पनि सचेतना कार्यक्रम आरम्भ भएको छ। कार्यक्रमको आयोजना गान्तोक र पाकिम जिल्लाको ट्राफिक पुलिसले नेहरु युवा केन्द्रसँगको सहकार्यमा गरेको हो। स्थानीय चिल्ड्रन पार्क ट्याक्सी स्ट्याण्डमा आयोजित कार्यक्रममा ट्राफिक पुलिसका डीएसपी विमल गुरुङ र रोड सेफ्टी इन्सट्रक्टर नरेन राई स्रोत वक्ता रहेका थिए।
कार्यक्रममा उपस्थित ट्याक्सी चालकहरूलाई सम्बोधन गर्दै डीएसपी गुरुङले आफ्नो पेशमा गौरव गर्न र सम्मानसँग जिउन प्रोत्साहित गरे। यसको साथै सरक्षित ढङ्गमा गाढी कुदाएर आफ्नो साथै अरुको पनि जीवन सुरक्षित राख्ने अपील पनि गरे। यसै सम्बन्धमा बोल्दै उनले चालकहरूलाई विभिन्न ट्राफिक नियम बारे पनि अवगत गराए।
यसरी नै अर्का स्रोत वक्ता नरेन राईले मोटर भेहिकल ऐन अनि अन्य सम्बन्धित नियम कानूनबारे विस्तृत रुपमा जानकारी गराए। यसको साथै उनले चालकहरूले राखेका विभिन्न प्रश्न र समस्याहरूलाई पनि सम्बोधन गरे।
पछि राजधानीको सड़कमा पनि राष्ट्रिय सड़क सुरक्षा महिनाअन्तर्गत केही कार्यक्रम आयोजना गरिएको थियो। यसै कार्यक्रमअन्तर्गत गान्तोक नगर निगमकी उप मेयर श्रीमती छिरिङ पाल्देन भोटियाले स्वंयसेवा गरिन्। यसमा एमजी मार्ग र तिब्बत पथका पार्षदहरूले पनि सहभागिता जनाएका थिए। यसरी नै पछि कावी लुम्चोकका विधायक थिन्ले छिरिङ भोटियाले पनि राष्ट्रिय सड़क सुरक्षा महिना कार्यक्रममा सहभागिता जनाउँदै ट्राफिक पुलिस र नेहरु युवा केन्द्रको पहलको सराहना गरे।
पाँच दिने राष्ट्रिय सड़क सुरक्षा महिना कार्यक्रम आगामी २३ जनवरीसम्म चल्नेछ।