सांसद सुब्बाले गरे क्रिएटिभ हब-को भ्रमण

IMG-20250117-WA0264

जोरथाङ: माघे मेलाको चौथो दिन आज विशिष्ठ अतिथिको रुपमा उपस्थित लोकसभा सांसद इन्द्र हाङ लिम्बूले यहाँको ग्रीन पार्कमा राज्य सरकारको सूचना एवं जनसम्पर्क विभागद्वारा स्थापित क्रिएटिभ हब-को भ्रमण गरे। यस अवसरमा सांसदको साथमा क्षेत्र विधायक मदन सेञ्चुरीको पनि उपस्थिति रहेको थियो। यसरी नै नयाँ बजार जोरथाङ नहर पञ्चायतका अध्यक्ष पवित्र मानव र नाम्चीका महकूमा अधिकारी निम पिञ्चो भोटियाले पनि सांसदको साथमा क्रिएटिभ हबको भ्रमण गरे।
उल्लेखनीय छ, क्रिएटिभ हब कला, सङ्गीत, खानपिन र फेशनसित सम्बन्धति एउटा सामुहिक मञ्च हो जसमा स्थानीय कलाकार, सङ्गीतकार र व्यवसायीहरूलाई अवसर प्रदान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement