गणतन्त्र दिवस र राज्यपालको भ्रमणलाई लिएर समीक्षा बैठक

IMG-20250117-WA0263

गेजिङ: आगामी गणतन्त्र दिवस समारोह र राज्यपालको भ्रमणको तयारीलाई लिएर एउटा समीक्षा सभा राप्देञ्चीस्थित जिल्लापाल कार्यालयको सभाकक्षमा बस्यो। बैठलाई जिल्लापाल तेञ्जिङ दोर्जी डेञ्जोङ्गपाले अध्यक्षता गरेका थिए। बैठकमा आगामी कार्यक्रमलाई कसरी सफल बनाउने भन्ने बारेमा विस्तृत रुपमा चर्चा गरियो जसमा विभिन्न विभागका प्रतिनिधि अधिकारीहरूले सहभागिता जनाएका थिए।
उल्लेखनीय छ, आगामी केही दिनमा राज्यपाल ओम प्रकाश माथुरले गेजिङ जिल्लाको भ्रमण गर्ने भएको छ। राज्यपालको भ्रमण व्यवस्थित रुपमा सम्पन्न गर्न जिल्लापाल डेञ्जोङ्गपाले सबै विभागलाई आपसी तालमेल राखेर सहकार्य गर्ने अपील गरे।
यसरी नै आगामी २६ जनवरीको दिन राज्यका अन्य जिल्लामा जस्तै गेजिङ जिल्लामा पनि आयोजना गरिने देशको गणतन्त्र दिवसको तयारी सम्बन्धमा पनि बैठकमा छलफल गरियो। कार्यक्रमलाई सफल र भव्य बनाउन सबैले आ-आफ्नो पक्षबाट योगदान दिनुपर्ने कुरामा जिल्लापालले जोर दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement