गेजिङ: पश्चिम सिक्किमको योक्सम-टाशिडिङ समष्टिअन्तर्गत लाङ खोला नजिक रातोमाटे भीरमा अल्टो दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ। गेजिङ जिल्लाको याक्सम-टासिडिङ सडकअन्तर्गत लाङ खोला नजिकैको रातोमाटे भीरमा भएको उक्त दुर्घटनामा पर्ने एसके-०२ पी-५९६६ नम्बरधारी उक्त वाहन दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि पुलिसले गरेको छ। दुर्घटना हिजो बेलुकी भएको अनुमान लगाइएको छ। यद्यपि, यसको पत्तो भने आज बिहान मात्रै लागेको बताइएको छ। दुर्घटनामा चालक स्वयं मालिक पनि रहेका पुष्टि भएको छ। जसको नाम अविकेशर दाहाल बताइएको छ। ज्यान गुमाउनेहरुमा अभिषेक दाहाल, चन्द्र बहादुर मगर, कर्णबहादुर गुरुङ र जीवन कार्की रहेका छन्।

मृतकहरु योक्सम टाशिडिङ समष्टिअन्तर्गत अप्पर आरिथाङ निवासी हुन्। गेरेथाङदेखि अप्पर चोङराङ गइरहेको समय उक्त दुर्घटना भएको बताइएको छ। वाहन रातोमाटे भीरबाट अनुमानित चारसय फिट तल झरेको छ। घटनामा स्थानीय नागरिक समाज गेजिङ, टासिडिङका पुलिस बल साथै अन्यको सहयोगमा उद्वारकार्य चलिरहेको छ।