सिटोङको कर्मठमा वाहन दुर्घटनाग्रस्त : एकजना महिला पर्यटक घाइते

IMG-20250117-WA0242

खरसाङ: सिटोङको कर्मठमा पर्यटकको वाहन दुर्घटनाग्रस्त भएपछि एकजना महिला घाइते भएका छन्। अलिपुरद्वारबाट सिटोङ घुम्न आएको पर्यटक टाटा ट्यागो गाडी नम्बर डब्ल्यूबी ७० एस २९६३ कर्मठको अप्ठ्यारो बाटोको पैह्रोमा झरेर एक व्यक्ति घाइते बनेको छ। कर्मठको पैह्रोमा गाडी सडकदेखि ३०० फीट तल झर्दा एक महिला पर्यटक घाइते बनेको बताइएको छ। अलिपुरबाट चालकसहित ५ जना पर्यटकहरु सिटोङ घुम्न आएको समय आज दिउँसो उक्त दुर्घटना परेको हो।

घटना भएपछि सेवक पुलिस घटना स्थलमा पुगेर स्थानीय मानिसहरुको सहयोगमा घाइते ५५ बर्षीय महिला पर्यटकलाई उपचारको निम्ति सिलगढीको अस्पतालमा पठाएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement