खरसाङ वाइट अर्किड फेस्टिभलमा सांस्कृतिक फेशन शो हुने

IMG-20250117-WA0240

खरसाङ: खरसाङमा भईरहेको तीन दिवसीय खरसाङ वाइट अर्किड फेस्टिभलमा सांस्कृतिक फेशन शो पनि आयोजना गरिने भएको छ। खरसाङमा आगामी २४, २५ र २६ जनवरीमा तीन दिवसीय रुपमा बाइट अर्किङ फेस्टिभल आयोजना गरिने भएको छ‌ उक्त तीन दिवसीय वाइट अर्किड फेस्टिभलको पहिलो दिन २४ जनवरीमा सांस्कृतिक फेशन शोको आयोजना गरिने जानकारी सबिना गिरी र समूहले बताएका छन्। उनले उक्त सांस्कृतिक फेशन शोमा सबैलाई सहभागिता जनाई दिने अनुरोध गरेका छन्। उनले यो सांस्कृतिक फेशन शो कार्यक्रममा सहभागीहरुका लागि नि: शुल्क प्रवेश राखिएको जानकारी गराएका छन्। सबिना गिरीले खरसाङमा भईरहेको तीन दिवसीय वाइट अर्किड फेस्टिभलमा आयोजित सांस्कृतिक फेशन शो कार्यक्रममा सहभागी भईदिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement