दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा प्लेईंग सेवेन (नेपाल)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। शुक्रवार भएको अन्तिम क्वार्टर फाइनल म्याचमा प्लेईंग सेवेनले कञ्चनजंघा फूटबल क्लब (केएफसी)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट शेखर राईले दुवै गोल गरे। यसरी केएफसी-को तर्फबाट सामेल हल्दारले गोल गरे। शेखर राईले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २० र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।