खरसाङ: खरसाङ क्षेत्रका वरिष्ठ संगीतकार एंव आकाशवाणी खरसाङको पूर्व संगीतकार महेश्वर लामा पितृ शोकमा परेका छन्। उनको पिता साईला लामाको बिहीबार ८४ वर्षको उमेरमा खरसाङस्थित आफ्नै वासस्थानमा निधन भएको छ। उनी बिहार पुलिस (बीएमपी) मा हवल्दार पदमा रहेर अवकाशप्राप्त भएका थिए। साईला लामाले सन् १९६५ देखि २००० सालसम्म बिहारमा मिलिटेरी पुलिस (बीएमपी) कार्यरत् रहेर अवकाशप्राप्त भएका थिए। उनले आफुपछि सुपुत्र संगीतकार महेश्वर लामा लगाएर ४ छोराहरु र चार बुहारीहरु साथै नाता नातिनीहरु छोडी गएका छन्।