१८औं सुकना गोल्ड कपः रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा पुग्यो सुकना युनाइटेड

photocollage_202511718274283

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा सुकना युनाइटेड फूटबल क्लबले पेनल्टी शूटआउटमा रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत शुक्रवार सुकना हाई स्कूल मैदानमा खेलिएको अन्तिम प्री-क्वार्टर फाइनल म्याचमा सुकना युनाइटेडले बिधान नगर एमएसए, कलकत्ताविरुद्ध पेनल्टी शूटआउटमा ३-०-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। पेनल्टी शूटआउटमा लगातार ३ वटा शेभ गर्ने विजेता टीमका गोलकीपर राजीव सिन्हाले प्लेयर अव् द म्याच को पुरस्कार जिते। शनिवार खेलिने पहिलो क्वार्टर फाइनलमा जलपाइगढ़ी पुलिस र फुञ्चोलिंग हिरोज फूटबल क्लब (भूटान) बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ जनवरीमा खेलिनेछ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement