सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसअन्तर्गतको भक्तिनगर पुलिस चौकीले लुटपाटको योजना बनाएको भन्ने आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मुन्ना सरकार, सञ्जु दास, रहित छेत्री, पापाई बर्मन, विश्वदीप रोय र विष्णु रोय रहेको पुलिसले जनाएको छ। बिहीबार राति पुलिसले गोप्य स्रोतबाट भक्तिनगर पुलिस चौकीको सैन्य मैदान अगाडि १० देखि १२ जनालाई लुटपाट गर्ने उद्देश्यले भेला भएको भन्ने सूचना पाएको बताइएको छ। त्यही सूचनाको आधारमा पुलिसले उक्त क्षेत्रमा छापा मारेको थियो। यद्यपि, पुलिसको उपस्थिति थाहा पाएपछि कति जना भाग्न सफल भए, तर ६ जनालाई पुलिसले पक्राउ गर्यो। पक्राउ परेकाहरूबा धेरै उपकरणहरू बरामद गरिएको छ। पुलिसले पक्राउ परेकाहरुलाई शुक्रबार जलपाईगढी अदालतमा पठाएर सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।











