नेताजी जयन्तीको अवसरमा नेताजी फ्रीडम कपको आयोजना हुने

IMG-20250117-WA0186

सिलगढी: २३ जनवरीका दिन नेताजी जयन्तीको अवसरमा नेताजी फ्रीडम कपको आयोजना गरिनेछ। सिलगढीको जर्नालिस्ट्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा भारतीय फुटबलका पूर्व दिग्गज खेलाडी बाइचुंग भूटिया, राज बासु, अनिमेष बोन, शोभा सुब्बा लगायत अन्य व्यक्तिहरूले यसबारे जानकारी गराएका छन्। यो प्रतियोगिताको लागि ईस्ट बङ्गाल टिमका पूर्व प्रमुख खेलाडीहरू सिलगढी आउँदैछन्। उनीहरूले सिलगढी मेयर एकादशसँग मैत्रीपूर्ण खेलमा सहभागिता जनाउनेछन्। भारतीय फुटबल आइकन बाइचुंग भूटियाले शुक्रबार पत्रकार सम्मेलनमा बताए अनुसार, फ्रीडम कप उत्तर बङ्गाल र सिलगढीका युवाहरुलाई फुटबलप्रति प्रेरित गर्ने पहल हो। उनले भने, “यस खेलमा मसँगै अल्विटो डि कुन्हो, मञ्जित सिंह जस्ता खेलाडीहरूले पनि सहभागिता जनाउनेछन्।” यो खेल सिलगढीको वार्ड नम्बर ४२ द्वारा आयोजित गरिनेछ। खेल २३ जनवरीका दिन आयोजना हुनेछ। यस अवसरमा बाइचुंगले भने, ‘सिलगढी शहरमा नशालु पदार्थ प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ।‘ उनले युवाहरुलाई नशाको लतबाट टाढा रही फुटबलप्रति आकर्षित हुन अपिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement