भूतपूर्व सैनिकहरूको आयोजना पचेङमा १९ जनवरीदेखि फुटबल टुर्नामेन्ट शुरु हुँदै  

WhatsApp-Image-2025-01-17-at-14.35.31
  • २५ वर्ष पुग्यो भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखा

सोनादा: उनीहरू हुन्भूतपूर्व सैनिक, उमेरको हिसाबले ७० देखि ९० वर्षसम्मकाहरू छन्, तर जोश र जाँगर भने कुनै लक्का जवानको भन्दा कम छैनl आफ्नो आधा भन्दा बढी जीवन देशको सुरक्षामा खर्चिएका यी भूतपूर्व सैनिकहरू युवा वर्गलाई सही मार्गदर्शन गर्न फुटबल टुर्नामेन्ट आयोजना गर्नमा व्यस्त छन्l उनीहरूकै संगठन भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको आयोजनामा फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ। यो टुर्नामेन्ट भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको रजत वर्ष अर्थात २५ वर्ष पुगेको अवसरमा आयोजना गर्न लागेको होl

यही आइतबार १९ जनवरीदेखि लोवर सोनादाको दुबे खेल  मैदानमा यो टुर्नामेन्ट हुनेभएको छl यस  फुटबल टुर्नामेन्ट‌मा दार्जीलिङ, खरसाङ, सिलगढी क्षेत्रबाट २० वटा टिमहरुले सहभागिता जनाउने भएको छ। आज भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनले आधिकारिक रुपमा यस फुटबल टुर्नामेन्टको खेल तालिका पनि सार्वजनिक गरेको छ।‌

देशको सेवा गरेर अवकाशप्राप्त भएपछि पनि यी भूतपूर्व सैनिकहरु एउटा स्वच्छ र स्वास्थ समाज निर्माणका लागि  समाज सेवामा सधैं सक्रिय रहेका छन्। ७० वर्ष काटिसके पनि आफ्नो युवा कालकै जस्तो जोश र जाँगरका साथ खेल मैदानमा पुगेर सम्पूर्ण मैदान मरमत्तिको कार्य गरिरहेका छन्। टुर्नामेन्टको बारेमा पत्रकारहरुसित कुराकानी गर्दै भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाका सभापति अनरेरी कप्तान ए्लबी राईले‌‌ रुपमा जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement