राजगञ्ज: राजगञ्ज ग्रामीण अस्पतालमा वाटर एटीएम शुरु गरिएको छ। यस वाटर एटिएममा एक लिटर शुद्ध पिउने पानी दुई रुपियाँमा पाउन सकिन्छ। यस दिन राजगञ्ज पञ्चायत समिति अध्यक्ष रुपाली दे सरकार र राजगञ्ज ग्रामीण अस्पताल ब्लक स्वास्थ्य अधिकारी राहुल रायले वाटर एटीएमको उद्घाटन गरे। अस्पतालमा आउने बिरामीलाई ध्यानमा राखी अस्पताल प्रशासन र गैर नाफामुखी संस्थाको सहयोगमा विरामीलाई सस्तोमा स्वच्छ खानेपानी उपलब्ध गराउन यो वाटर एटीएम जडान गरिएको हो। ग्रामीण अस्पतालमा आउने बिरामी र बिरामीका आफन्तहरूले एकदमै कम मूल्यमा चिसो र तातो शुद्ध पिउने पानीको लाभ लिन सक्नेछन्।