रेलिंग च्याम्पियन्स ट्रफीः एलजीएसए सेमिफाइनलमा पुग्न सफल

photocollage_202511623411375

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा लंगुरदांग गेम्स एण्ड स्पोर्ट्स एसोसिएशन (एलजीएसए)-ले रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा प्रवेश गऱ्यो। बिहीवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा लंगुरदांग गेम्स एण्ड स्पोर्ट्स एसोसिएशन (एलजीएसए)-ले चाइल्डहुड फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि ५-५ मिनटमा दुई हाफमा अतिरिक्त समय भयो, जसमा फेरि १-१ गोल हुँदा स्कोर २-२-को बराबरीमा पुग्यो। त्यसपछि पेनल्टी शूटआउट हुँदा एलजीएसए-ले जीत हासिल गऱ्यो। नियमित र अतिरिक्त समयको खेलमा एलजीएसए-को तर्फबाट दुवै गोल आदर्श तामाङले गरे। यसरी चाइल्डहुड एफसी-को तर्फबाट गणेश छेत्री र कर्मा भूटियाले गोल गरे। विजेता टीमका गोलकीपर निगम सिंहले प्लेयर अव् द म्याच-को ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement