सुनौलो, समृद्ध अनि सामर्थ सिक्किम निर्माणका लागि सबैलाई योगदान दिन मुख्यमन्त्रीले गरे आह्वान

n64792178117370482377799de6738680c1e20379ca9bbd5151e7996e398696528a9809c6bdba2300314e1e

गेजिङ: देन्ताम महकुमा कार्यालय एवं पर्यटक उप सुचना केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सुनौलो, समृद्ध अनि सामर्थ सिक्किम निर्माणमा सबैलाई योगदान दिन आह्वान गर्दै नयाँ पूर्वाधारहरूका लागि देन्तामवासी जनतालाई हार्दिक बधाई दिए।
उनले एसकेएम पार्टीका उम्मेदवार सुदेश कुमार सुब्बालाई मानेबुङ देन्तामवासी जनताले भारी मतले विजयी बनाएकोमा आभार व्यक्त गरे।
देन्तामवासीलाई यो महकुमा कार्यालयबाट धेरै लाभ उठाउन आह्वान गर्दै यी पूर्वाधारहरूको पूर्व सरकारमै टेण्डर भए तापनि धनराशि भने आवन्टन नगरेको उनले जानकारी गराए। तर एसकेएम सरकारले कोष आवण्टन गरी लगभग ५ करोड रुपियाँको लागतमा यी पूर्वाधारहरू निर्माण गरेको उनले बताए। उनले आफ्नै घर आँगनमा यस्तो सुन्दर ढाँचामा महकुमा कार्यालय पाउनु धेरै ठूलो उपलब्धि बताउँदै यस सम्पत्तिको देन्तामवासी जनतालाई संरक्षण र संवर्द्धन गर्न आह्वान गरे।
यो सुन्दर भवन निर्माणको निम्ति भवन तथा आवास विभागका मन्त्री भीमहाङ लिम्बू, विभागीय अभियन्ता, अधिकारी एवं कर्मचारी लगायत यसमा योगदान पुऱ्याउने सबैप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे। गत चुनाउपछि मानेबुङ देन्ताम समष्टिमा यो आफ्नो पहिलो भ्रमण रहेको बताउँदै मुख्यमन्त्रीले चुनाउअघि जनतालाई दिएको वचन पूरा गर्न एसकेएम सरकार निरन्तर रूपमा लागिपरेको बताए।
मुख्यमन्त्रीले पूर्व सरकारले २५ वर्षमा गर्न नसकेको काम एसकेएम सरकारले छोटो अवधिमै गरेको दाबी गर्दै मानेबुङ देन्तामका १३-१४ सय युवाहरूले सरकारी नोकरी पाएको जानकारी गराए। गरीब जनताको स्वास्थ्य उपचारको निम्ति सरकारले सहयोग पुऱ्याउँदै आइरहेको जानकारी गराउँदै राज्य बाहिर उपचार गर्न जानेहरूको निम्ति पनि गरीब जनकल्याण प्रकोष्ठ एवं मुख्यमन्त्री चिकित्सा सहायता योजना कोष मार्फत उपचार गराउने कार्य भइरहेको बताए। उनले सिक्किमका बिरामीहरूको निम्ति सिलगढीमा सुस्वास्थ्य भवनको निर्माण गरिने जानकारी गराए।
सरकारी कार्यालयमा फाइल घुमाउने संस्कार परिवर्तन गर्नुपर्छ भन्दै मुख्यमन्त्रीले देन्ताम महकुमा कार्यालयले पनि जनताको काम तुरुन्तै गरिदिने छ भनी विश्वास व्यक्त गरे। मानेबुङ देन्ताम निर्वाचन क्षेत्रलाई टुरिष्ट हब बनाउने सरकारको योजनाको उल्लेख गर्दै मुख्यमन्त्रीले सडक एवं पुल मन्त्री एनबी दाहालको तत्परतामा अहिले राज्यका सडकहरूको निगरानी र जायजा लिने काम भइरहेको अवगत गराए। मानेबुङ देन्ताम उत्कृष्ट पर्यटक स्थल बन्न सक्ने सम्भावना व्यक्त गर्दै यसको निम्ति यहाँका जनता तयार हुनुपर्छ भने।
समष्टिको विकासमा ध्यान केन्द्रित गर्न अधिकारीहरूलाई आह्वान गर्दै क्षेत्रमा सडक निर्माण एवं मरम्मति लगायत विभिन्न पर्यटकीय पूर्वाधारहरूको निर्माणको पनि मुख्यमन्त्रीले उल्लेख गरे। उत्तरेदेखि चिवाभञ्ज्याङ कोरिडरलाई लिएर देशका प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष आफुले प्रस्ताव राखिसकेको पनि मुख्यमन्त्रीले अवगत गराए। क्षेत्र विधायकले राखेका विभिन्न मागहरूबारे बोल्दै मुख्यमन्त्रीले सबै मागहरू पूरा गरिने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement