मुख्यमन्त्री तामाङले गरे पहिलो पर्यटन उपसूचना केन्द्रको उदघाटन

IMG-20250116-WA0266

गान्तोक: गेजिङ जिल्लाको देन्ताममा पहिलो पर्यटक उपसूचना केन्द्रको उद्घाटन गरियो। पर्यटनसम्बन्धी अधिक जानकारीको लागि यो केन्द्रले एक हबको रूपमा काम गर्ने लक्ष्य राखिएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज देन्ताम बजारमा उक्त केन्द्रको उद्वघाटन गरेका हुन्। यस केन्द्रलाई देश विदेशका पर्यटकहरुको सुविधाका लागि र पर्यटन विकास गर्ने दिशामा वर्तमान सरकारको एक महत्वपूर्ण कदमको रुपमा लिएको छ। यस केन्द्रले स्थानीय आकर्षण, यातायात, आवास र सांस्कृतिक अनुभवहरूमा आगन्तुकहरूलाई मार्गदर्शन गर्दै जानकारीको लागि एक हबको रूपमा काम गर्नेछ। यसले देन्तामको प्राकृतिक सुन्दरता, समृद्ध सम्पदा र अद्वितीय वनस्पति र जीवजन्तुको प्रबद्र्धन गर्नुका साथै स्थानीय मानिसहरुलाई उनीहरूको शिल्प, उत्पादन र सेवाहरू प्रदर्शन गरेर सहयोग गर्ने आशा राखिएको छ। यो केन्द्रले सिंगशोर स्काई ब्रिज, चिवा भञ्ज्याङको मल्टिमोडल कोरिडोर र उत्तरे लेक परियोजनाजस्ता आगामी परियोजनाहरूको निरीक्षण गर्नुका साथै नयाँ होमस्टे उद्यमहरूलाई सहयोग गर्ने मुख्यमन्त्रीले उल्लेख गरेका छन्। यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री छिरिङ थेण्डुप भोटिया, भवन तथा आवास विभागका मन्त्री भीमहाङ लिम्बू, क्षेत्र विधायक तथा पर्यटन विभागका सल्लाहकार सुदेश कुमार लिम्बू, पर्यटन विभागका सचिव प्रकाश छेत्री, मुख्य अभियन्ता नीरज प्रधान, जिल्लापाल तेन्जिङ डी डेन्जोङपा लगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement