युवाहरूलाई डिजिटल मार्केटिङमाथि प्रशिक्षण कार्यक्रम

IMG-20250116-WA0263

गान्तोक: सिक्किम इन्स्पायर्स पहल अन्तर्गत ३-४ व्याचका लागि डिजिटल मार्केटिङ सम्बन्धी पन्ध्र दिवसीय प्रशिक्षण कार्यक्रम आजदेखि तादोङ डाँडागाउँस्थित टेकी पाण्डामा शुरू भयो। यस प्रशिक्षण कार्यक्रममा राज्यका कूल ६० वटा होमस्टेकका सञ्चालकहरूले नामाङकन दर्ता गरेका छन्।
यस प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य उनीहरूको डिजिटल मार्केटिङबारे क्षमता विकास गराउनु र उनीहरूको होमस्टेलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्नमा पार्नु रहेको थियो। उदघाटन कार्यक्रममा पर्यटन विभागका वरिष्ठ सीएचए विकास राई, उपनिर्देशक निर्मल सिञ्चुरी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत सम्बोधन राख्दै उपनिर्देशक निर्मल सिञ्चुरीले सिक्किम इन्स्पायर्स पहलको उद्देश्यबारे जानकारी गराए। सोही प्रकारले वरिष्ठ सीएचए विकास राईले होमस्टे सञ्चालकहरूका लागि यस प्रकारको प्रशिक्षम कार्यक्रमको लाभबारेमा अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement