गान्तोक: सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभाग तथा संस्कृति विभागीय मन्त्री जीटी ढुङ्गेलले सूचना तथा जनसम्पर्क विभागको पहलमा आयोजित ग्रीन पार्क, जोरथाङको ‘द क्रिएटिभ हबको अवलोकन गरे। आफ्नो छोटो भ्रमणअवधि मे उनले विभिन्न स्टलहरूको भ्रमण पनि गरे। साथै उपस्थित सहभागीहरूसँग अन्तरक्रिया पनि गरेका थिए। क्रिएटिभ हबले कला, फेसन, संगीत र व्यञ्जनहरूसँग सम्बन्धित विभिन्न गतिविधिहरूको आयोजना गरेको छ। साथै आईपीआर विभागद्वारा फोटो प्रदर्शनी र वृत्तचित्रहरू मार्फत माघे संक्रान्ति मेलाको इतिहासलाई जानकारी गराउने कार्य पनि गरिएको छ।