१८औं सुकना गोल्ड कपः यादगार जीत हासिल गरी क्वार्टर फाइनलमा पुग्यो जर्जियन एफसी

Screenshot_20250116_200615_FotoCollage Maker

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा जर्जियन फूटबल क्लबले चरम रोमाञ्चक र यादगार जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत बिहीवार सुकना हाई स्कूल मैदानमा खेलिएको तेस्रो प्री-क्वार्टर फाइनल म्याचमा जर्जियन फूटबल क्लबले नर्थ बेंगल आर्म्ड पुलिसविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। म्याचको मध्यान्तरसम्म आर्म्ड पुलिसको टीम २-१-ले अघि रहेको थियो। त्यहीमाथि प्रमुख डिफेण्डर नरेन्द्र छेत्रीले मध्यान्तरको ठीक अघि रेड कार्ड देख्दा जर्जियन एफसी ले दोस्रो हाफको पूरा समय १० जना खेलाड़ीको साथ खेल्नु पऱ्यो। यस्तो परिस्थितिमा पनि जर्जियन एफसी ले असाधारण प्रदर्शन गर्दै म्याच जित्यो। विजेता टीमको तर्फबाट कुञ्जमान थापाले २ गोल गरे। उनले सातौं मिनट र ९०+१ मिनटमा गोल गरे। यसबाहेक देवाशिष राई ले ७४औं मिनट र सिलास लेप्चा ले ८९औं मिनटमा गोल गरे। यसरी आर्म्ड पुलिसको तर्फबाट निक रसाईली ले १६औं र भवेश राई ले १९औं मिनटमा गोल गरे। कुञ्जमान थापा ले प्लेयर अव् द म्याच को पुरस्कार जिते। शुक्रवार खेलिने चौथो प्री-क्वार्टर फाइनलमा बिधान नगर एमएसए, कलकत्ता र सुकना युनाइटेड फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ जनवरीमा खेलिनेछ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement