खरसाङ: मानव उत्थान सेवा समिति, खरसाङ तहसिलद्वारा नेहुर बालासनका २२ परिवारहरुलाई महात्मा सुष्मा बाइजीको बाहुलीबाट कम्बल वितरण गरियो। मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजको प्रेरणामा समितिले जनमानसमा आत्मज्ञानको प्रचार प्रसार संगसंगै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेका छन्। यसै गरी समितिले १ जनवरी २०२५ देखि १४ जनवरी २०२५ सम्म ‘एक्ट अफ् काइन्डनेस’ नामक देशव्यापी अभियान चलाएर विपन्न वर्गका मानिसहरूलाई आवश्यक सामाग्रीहरू वितरण गरिरहेको छ।

यसैले केन्द्रीय समितिको दिशा निर्देशनमा खरसाङ तहसिल प्रभारी महात्मा सुष्मा बाइजीको अगुवाइमा खरसाङ अनि बालासनका कार्यकर्ताहरूले उक्त कम्बल वितरण कार्यक्रम आयोजना गरेका थिए।