पश्चिम बङ्गाल इतिहास संसदको तीन दिने वार्षिक अधिवेशन भोलिदेखि शुरु हुँदै

IMG-20250116-WA0169

जलपाईगढी: पश्चिम बङ्गाल इतिहास संसदको वार्षिक अधिवेशन पहिलो पटक उत्तर बङ्गालमा आयोजना हुन लागेको छ, तर बङ्गलादेशी प्रतिनिधिहरूको उपस्थितिमा अनिश्चितता कायमै छ। “पश्चिम बङ्गाल इतिहास संसद” को ४०औं वार्षिक सत्र १७ देखि १९ जनवरीसम्म जलपाईगढीको प्रसन्नदेव महिला कलेजमा आयोजना हुँदैछ। यस सम्मेलनमा भारत र विदेशबाट ३५० भन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रसन्नदेव कलेजका प्राचार्य डा सम्पति साहले बिहीबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिए। आजको पत्रकार सम्मेलनमा कलेजका अन्य प्राध्यापकहरूसँगै प्रख्यात इतिहासकार डा आनन्द गोपाल घोष पनि उपस्थित थिए। आजको पत्राकार सम्मेलनमा कलेजका  अन्य प्रोफेसरहरूका साथमा प्रख्यात इतिहासकार डा आनन्द गोपाल घोष पनि उपस्थित थिए। प्रख्यात इतिहासकार डा आनन्द गोपालले बताएअनुसार उत्तर बङ्गालको प्रथम पश्चिम बङ्गाल इतिहास संसदको वार्षिक अधिवेशन पीडी महिला महाविद्यालयमा हुन गैरहेको छ। ‘यो यस कलेज र जिल्लाको लागि ठूलो गौरवको कुरा हो’, कलेजका प्रिन्सिपल डा सम्पति साहले भने, ‘हामी अधिवेशनको अवधिमा पुस्तक मेला आयोजना गर्ने प्रयास गरिरहेका छौं।‘ अर्कोतर्फ, पत्रकार सम्मेलनमा उपस्थित कलेजको इतिहास विभागका प्राध्यापक उत्पल सरकारले भने, ‘देश र विदेशबाट पाहुनाहरू आउनेछन्। अन्य अवसरहरूमा बङ्गलादेश इतिहास संसदका प्रतिनिधिहरू आउँछन्, तर अहिलेको अवस्था जटिल छ। उनले भने, ‘यदि केन्द्र सरकारले उनीहरूलाई भिसा दिएमा मात्र उनीहरू पश्चिम बङ्गाल इतिहास संसदको ४०औं वार्षिक सत्रमा भाग लिन सक्षम हुनेछन्।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement