सिलगढी: उत्तर बङ्गालका आईजी राजेश यादव एक विचाराधीन बन्दीद्वारा चलाएको गोली लागेर घाइते भएका पुलिसहरूलाई हेर्न हिजो राति सिलिगढीको नर्सिङ होम पुगे। पछि पत्रकारहरूसँग कुरा गर्दै उनले दुवै पुलिसको अवस्था हाल स्थिर रहेको बताए। उनले भने, ‘अभियुक्तले आफ्नो कम्बलमुनि बन्दुक लुकाएर दुई पुलिस अधिकारीहरूमाथि अन्धाधुन्ध गोली चलाएको थियो। गोली लागेर दुवै पुलिस गम्भीर घाइते भएका छन्।‘