कलाग्राम– महकुम्भ २०२५ को सांस्कृतिक अलङ्कार

unnamed-1-copy

नयाँ दिल्ली भारतको सबैभन्दा पवित्र नदी गङ्गा, यमुना र रहस्यमयी सरस्वती नदीको किनारामा आफूलाई उभिएको कल्पना गर्नुहोस्। यहाँको हावा विद्युतीय ऊर्जाले जीवन्त छ, लाखौं लाख तीर्थालुको लयबद्ध कीर्तन अनि मन्दिरका घण्टीहरूको प्रतिध्वनि अनि यी अनन्त नदीहरूको तालबद्ध प्रवाहका साथ। यो हो महाकुम्भ २०२५, विश्वकै सबैभन्दा विशाल अनि बृहत् विश्वास अनि अध्यात्मको सङ्गम, जहाँ भक्ति र उत्सव  अद्वितीय परिमाणमा सम्मिलित हुँदछ।

प्रयागराजको दिव्य वातावरणका बीच छ कलाग्राम, नागवासुकी क्षेत्रमा १० ऐकर भूमिमा फैलिएको सांस्कृतिक मणि। कलाग्राम प्रदर्शनी स्थल मात्र नभएर यो भारतीय विरासतको जीवन्त तानाबाना हो। यहाँ भारतको शाश्वत परम्पराको सिर्जनशील कथावाचनसँग मिलन हुन्छ, जसले आफ्नो विविधता अनि गहिराइको निम्ति जानिने राष्ट्रको आत्माभित्र तन्मयपूर्ण यात्राको सुखद अनुभव गराउँदछ।

भारत सरकारको संस्कृति मन्त्रालयद्वारा निरूपित एवं प्रतिपादित, कलाग्राम तीनवटा “सी” अर्थात् “क्राफ्ट, कुजिन र कल्चर” अर्थात् “शिल्पकला, पाक-परिकार र संस्कृति”को संवेदी यात्रा अनुभूत गराउने हिसाबले तयार गरिएको छ। यस जीवन्त स्थलले प्राचीन कला, विशिष्ट क्षेत्रीय पाक-परिकार र मन्त्रमुग्ध पार्ने प्रस्तुति एक साथ ल्याउँदै भारतीय सांस्कृतिक विरासतको दुवै मूर्त अनि अमूर्त आयामको उत्सव मनाउने क्रममा अद्वितीय अनुभव प्रदान गर्दछ।

केन्द्रिय संस्कृति एवं पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावतद्वारा १२ जनवरी, २०२५ को दिन उद्घाटन गरिएको कलाग्रामले भारतीय परम्पराको मूलतत्त्वको द्वारको रूपमा काम गर्दछ। यो एउटा स्थल मात्र नभएर संवादात्मक अनि रूपान्तरणकारी अनुभव पनि हो, जसले राष्ट्रभरीका शिल्पी, प्रस्तोता अनि पाक-परिकारका विज्ञहरूका गाथालाई एक ठाउँमा गुँथ्ने गर्दछ।

भव्य स्वागतम : जहाँबाट कथा शुरु हुन्छ

कलाग्रामको यात्रा ३५ फीट चौडा र ५४ फीट अग्लो उत्कृष्ट अनि प्रेरक प्रवेशमार्गबाट शुरु हुन्छ। यहाँको शिल्पी चमत्कारले भारतको पवित्र धरोहरको दृश्यगत व्याख्यान प्रस्तुत गर्दछ, जहाँ १२ वटा ज्योतिर्लिङ्गका साथमा भगवान शिवद्वारा “हलाहल” सेवन गरिरहेको पौराणिक कथन चित्रण गरिएको छ। दिव्य ऊर्जाले प्रज्ज्वलित प्रवेशद्वारको जटिल शिल्पकलाले अघि आउने जादूमय यात्राको निम्ति तयार गराउँदछ।

संस्कृतिको हृदयतर्फ कदम

कलाग्रामभित्र प्रवेश गरिसकेपछि, भारतको विविधताको मन्त्रमुग्ध पार्ने सम्पूर्ति ऊजागर हुँदछ। अति नै ध्यानपूर्वक तयार गरिएको सातवटा संस्कृति आँगनले देशको विभिन्न क्षेत्रको प्रतिनिधित्त्व गर्दछ भने, प्रत्येकलाई कोलकाताको दक्षिणेश्वर काली मन्दिर र पुस्करको ब्रह्म मन्दिर जस्ता प्रतिष्ठित मन्दिरको स्वरूपमा तयार पारिएका छन्। यी क्षेत्रहरू क्षेत्रीय शिल्पकलाका खजाना हुन्, जसले बङ्गालको पत्तचित्र चित्रकारितादेखि लिएर आसमको बाँस शिल्प अनि तमिल नाडुको तञ्जोर चित्रकला र मध्य प्रदेशको आदिवासी चित्रकला प्रतिनिधित्त्व गर्दछन्। यहाँ २३० गुरु शिल्पीका दक्ष कलाको साक्षी बन्नसकिन्छ, जसले प्राचीन तकनिकीलाई जीवन प्रदान गरेका छन् भने यहाँबाट उनीहरूका विशेष रचनाका रूपमा इतिहासको एक पानालाई आफ्नो घर पनि लैजान सकिन्छ।

जहाँ कलाको आत्मासँग मिलन हुन्छ: मनलाई मोहित पार्ने प्रस्तुति

कलाग्रामको वातावरण १५ हजारभन्दा धेरै सांस्कृतिक कलाकारको लय अनि तालले गुञ्जयमान हुने गर्दछ, जहाँ उनीहरूले विविध मञ्चमा प्रत्येक दिन प्रस्तुति दिने गर्दछन्। सङ्गीत नाटक अकादमी र क्षेत्रीय सांस्कृतिक केन्द्र जस्ता प्रतिष्ठित संस्थानको तत्वावधानमा आयोजित गरिने यी प्रस्तुतिहरू भावपूर्ण शास्त्रीय सङ्गीतदेखि लिएर रोमाञ्चक लोक नृत्यहरू सामेल रहने गर्दछ। कथक नर्तकको जटिल मुद्रा होस् वा भाङडा टोलीको ऊर्जा, प्रत्येक प्रस्तुतिले युगीन परम्पराको कथा बयान गर्दछ। यसका साथै राष्ट्रिय ड्रामा स्कूलको थिएटर प्रस्तुतिले सूनमा सुगन्ध थप्ने काम गर्नका साथै दर्शकहरूलाई सम्मोहित पार्ने गर्दछ। यस प्रकारको समृद्ध क्रमले कलाग्रामको प्रत्येक भ्रमणमा केही नयाँ आविष्कार हुने अवसर प्रदान गर्दछ।

आख्यानभित्रको अनुभूति तन्मयता प्रदान गर्ने क्षेत्र

कलाग्रामको अर्को विशेषतामा अनुभूति मण्डपमलाई लिनसकिन्छ, जसले जसले कालातीत अनुभवबोध गराउँदछ। 360 डिग्रीको अत्याधुनिक दृश्यगत प्रविधिका साथ, दर्शकहरूलाई यहाँ धरतीमा गङ्गा अवतरणको पौराणिक कथा व्याख्यान गरिन्छ। नदीको भीषण गर्जनशक्तिलाई भगवान शिवले मनोहर रूपमा समाहित गरेको दिव्य अनुभूतिलाई शानदार यथार्थका साथ प्रस्तुत गरिन्छ। यो एउटा कथा मात्र नभएर जीवनभरि रहिरहने एउटा अनुभूति बन्नेछ।

इतिहास जीवन्त बन्दछ प्रदर्शनी क्षेत्र

अविरल शाश्वत कुम्भ क्षेत्रले महाकुम्भको विशाल विरासतबारे विद्वतापूर्ण बोध गराउँदछ। भारतीय पुरातत्त्व सर्वेक्षण र राष्ट्रिय संग्राहालय जस्ता संस्थानको सहयोगमा, यस क्षेत्रले शिल्पकृति, डिजिटल प्रदर्शनीका साथमा युगौंदेखिको कुम्भ मेलाको भव्य अनि दिव्य यात्राबारे ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दछ। यहाँ इतिहास र संस्कृतिको सम्मिलन हुँदछ, जसले युनेस्कोद्वारा मान्यता प्रदान गरिएको अमूर्त सांस्कृतिक धरोहरबारे गहन बुझाई प्रस्तुत गर्दछ।

दिव्य रात्रि अनि सात्विक आनन्द

कलाग्राम संस्कृतिसम्म मात्र सीमित छैन– यहाँ नाता-सम्बन्ध पनि गाँसिन्छ। विशेष खगोलीय रातमा, आगन्तुकहरूले दूरबीनको माध्यमद्वारा तारामय आकाशको अवलोकन गर्दै आध्यात्मिकता बोध गराउने ब्रह्माण्डीय क्रमसँग जोडिन पनि सक्छन्। र पाक-परिकार वा भोजनमा रुचि राख्नेहरूका लागि, “सात्विक फ्लेभर्स अव् इण्डिया” क्षेत्रले पाक-परिकारको स्वर्गमा पुऱ्याउँदछ। प्रयागराजको स्थानीय व्यञ्जनदेखि लिएर देशभरीका विशिष्ट पाक व्यञ्जनका साथ यस क्षेत्रमा यस पवित्र परिघटनालाई ध्यानमा राख्दै शुद्धताका साथ तयार गरिएको २८ प्रकारका सात्विक व्यञ्जनको स्वाद लिनसकिन्छ।

सामान्यभन्दा पर संलग्न बनी खोज गर्नुहोस्

कलाग्रामले आकर्षक गतिविधिका साथ सहभागीहरूलाई आमन्त्रित गर्दछ। ललित कला अकादमीको फोटोग्राफी प्रतिस्पर्धामा भाग लिनका साथमा आइजीएनसीए र क्षेत्रीय सांस्कृतिक केन्द्रद्वारा निर्मित वृत्तचित्रहरूमा आफूलाई डुबाउन सकिन्छ। कलाग्रामको प्रत्येक कुना सिक्ने, रचना गर्ने र प्रेरित गर्ने अवसरले भरिएको छ।

विश्वलाई आह्वान

विश्वलाई आह्वान कलाग्राम संस्कृतिको महोत्सव मात्र नभएर यो एउटा खुल्ला निमन्त्रणा पनि हो। भारतको हृदयसम्म खोज गर्ने निमन्त्रणा हो, जहाँ प्रत्येक शिल्प, प्रत्येक प्रस्तुति र प्रत्येक पाक-परिकारले आफ्नै गाथा बयान गर्दछ। यो ठाउँ, विश्वका पर्यटकलाई भारतको विरासतको गहिराई अनुभव गर्ने र स्थानीयले आफ्नो मूलसँग जोडिने अवसर प्रदान गर्दछ। चाहे इतिहासप्रति रुचि राख्ने होस् वा कलाप्रेमी, पाक-परिकारप्रेमी वा मात्र प्रेरणाको खोज गर्ने, कलाग्रामले अविस्मरणीय यात्राको सुख प्रदान गर्दछ। आफ्नो जीवन्त प्रदर्शन अनि भावपूर्ण प्रस्तुतिदेखि पर, यसले भारतको स्थायी भावनासँग गहिरो सम्बन्ध प्रस्तुत गर्दछ। एउटा यस्तो भावना जुन यहाँका जनमानस, उनीहरूका शिल्पकला अनि कथाहरूमा जीवित अनि जीवन्त रहने गर्दछ। -पीआईबी

सन्दर्भ:

सूचना एवं जनसम्पर्क विभाग (डीआइपीआर), उत्तर प्रदेश सरकार

https://x.com/PIB_India/status/1878425862938529986/photo/1

https://x.com/MinOfCultureGoI/status/1878808822644670948/photo/1

https://x.com/PIBCulture/status/1878445520504373466/photo/2

https://x.com/nczccofficial/status/1878815428019155008/photo/1

https://pib.gov.in/PressReleaseIframePage.aspx?PRID=2092233

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement