खरसाङ नगरपालिका क्षेत्रको ‘हाउस फर अल’ योजनालाई लिएर २० जनवरीमा‌ सरकारी बैठक हुने

IMG-20250116-WA0208

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रको हाउजिङ फर अल योजनाको विषयमा लाभार्थीहरुलाई लिएर आगामी २० जनवरी सोमबार खरसाङमा सभा हुने भएको जानकारी खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले आज जानकारी गराएका छन्। उनले बताए अनुसार उक्त सभा खरसाङको नयाँ बजारसमथित सार्वजनिक भवनमा सम्पन्न हुने भएको छ। सभामा जीटीएको‌ प्रमुख कार्यपाल अनित थापा, खरसाड महकुमा शासक, खरसाङ नगरपालिका अनि वार्ड नम्बर १ देखि २० नम्बर वार्डसम्मका हाउस फर अलको लाभार्थीहरूलाई लिएर सरकारी सभा सम्पन्न गरिने भएको छ। उक्त सभामा लाभार्थीहरुबाहेक अन्यलाई प्रवेश निषेध गरिएको जानकारी गराएका छन्‌‌। उक्त सभापछि पत्रकारहरूलाई सम्बोधन गरिने जानकारी गराएका छन्। खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले सभामा सबैको फोन बन्द गरी प्रवेश गरिदिने निवेदन पनि गरेका छन्। उनले उक्त सभा सरकारी तौरमा गरिने भएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement