घैयाबारी ग्राम पञ्चायत दुईद्वारा २०० वटा डस्टबीनहरु वितरण

IMG-20250116-WA0202

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईद्वारा स्वच्छ भारत मिशनको पहलमा २०० वटा डस्टबीनहरु वितरण गरिएको छ। घैयाबारी ग्राम पञ्चायत दुईको ९ वटा संसदहरुमा‌ एउटामा २० वटा गरेर वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त डस्टबीनहरु दोकानतिर, मानिसहरुको‌ भीड हुने स्थानतिर, गाउँ घरको ४-५ वटा घरहरुबीचमा राख्नलाई वितरण गरिएको छ। यसको साथै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत समिति सदस्यहरुलाई १०-१० वटा गरेर पनि वितरण गरिएको छ। उक्त डस्टबीनहरुमा मैलाहरु र प्लास्टिकको मैलाहरु संकलन गरिने भएको जानकारी घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले जानकारी गराएका छन्‌‌। उनले घैयाबारी ग्राम पञ्चायत दुईको विभिन्न स्थानहरुमा मैलाहरु संकलन गर्नलाई ७-८ वटा डस्टबीनहरु राखिएको अनि ती डस्टबीनहरु मैलाले‌ भरिएपछि खरसाङ खण्ड पञ्चायत समितिको गाडी आएर प्लास्टिकको मैलाहरु गाडीधुरा लगेर रिसाईकल गरेर अन्य सर सामनाहरु उत्पादन गरिने जानकारी गराएका छन्।

उक्त डस्टबीनहरु वितरण कार्यमा घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा, पञ्चायतको कर्मचारी आनन्द ब्राह्मण उपस्थित थिए भने प्रत्येक पञ्चायत सदस्यले‌ आफ्नोे आफ्नो संसदमा ती डस्टबीनहरु प्राप्त गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement