घैयाबारीमा १४ फिटको गुरु रिम्पोर्छेको सालिग अनावरण गरिने

IMG-20250116-WA0175

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारीको अप्पर गैरी गाउँमा‌ १४ फिटको गुरु रिपोर्छे ( गुरु बज्र गुरुको मूर्ति (कु) अनावरण गरिने भएको छ। उक्त गुरु रिपोर्छेको सालिग घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको आयोजनामा स्थापना गरिएको उक्त रिम्पोर्छेको मूर्ति (कु) आगामी २३ जनवरीको दिन प्राण प्रतिष्ठा र पूजा अर्चना गरेर उदघाटन गरिने भएको छ। यस सालिगको उदघाटन साथै पूजा अर्चना कार्यक्रम घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको आयोजनामा आगामी २३, २४ र २५ जनवरीमा‌ भव्य पूजा अर्चना गरिने भएको जानकारी प्राप्त भएको छ।‌ उक्त तीन दिवसीय पूजा अन्तर्गत २५ जनवरीको दिन वाङ वितरण गरिने कार्यक्रम सम्पन्न हुने भएको छ। उक्त गुरु रिम्पोर्छेको सालिग निर्माण गर्नलाई गुरुजी मिङमा पासाङको दिशा निर्देशनमा गरिएको बताइएको छ। यहाँ गुरु रिम्पोर्छेको सालिग स्थापनासितै घैयाबारी क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकसित गरिने साथै यस क्षेत्रको शान्ति मानव रक्षाको लागि स्थापना गरिएको बताइएको छ। उक्त गुरु रिम्पोर्छेको सालिग अनावरण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको सल्लाहकार बिशान लामा र सचिव नयन खातीले घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको आयोजनामा घैयाबारीको अप्पर गैरी गाउँमा‌ गुरु रिम्पोर्छेको सालिग स्थापनासितै घैयाबारी क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकसित गरिने योजना रहेको बताउँदै उक्त सालिगलाई आगामी २३ जनवरीमा‌ प्राण प्रतिष्ठासितै शिलान्यास गरिने भएको जानकारी गराएका छन्। दुवैले यसको लागि आगामी २३, २४ र २५ जनवरीमा‌ तीन दिन दिवसीय पूजा हुने भएको र सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement