नयाँ दिल्ली: पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी २०२५-को निम्ति टिकटहरूको मूल्यको घोषणा गरेको छ। पाकिस्तानका स्टेडियमहरूमा सबैभन्दा कम्ती मूल्यको टिकट १००० पीकेआर (पाकिस्तानी रुपियाँ) अर्थात् भारतीय करेन्सीले केवल ३१० रुपियाँको हुनेछ। यसरी दर्शकहरूले कम्ती मूल्यमै खेलको मजा लिन सक्नेछन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले क्रिकेट प्रशंसकहरूका भागीदारी बढ़ाउन यस्तो कदम उठाएको छ। पीसीबी लामो समयदेखि दर्शकहरूलाई स्टेडियममा आकर्षित गर्न संघर्ष गरिरहेको छ। सेमिफाइनलको निम्ति पाकिस्तानको शीर्ष स्तरीय भीभीआईपी टिकटहरूको अधिकतम मूल्य २५,००० पीकेआर (भारतीय मुद्रामा ७,७६४.०९ रुपियाँ) हुनेछ। टिकट श्रेणीहरूमा सामान्य, प्रथम श्रेणी, प्रीमियरम, भीआईपी र भीभीआईपी श्रेणी सामेल छ। सेमिफाइनल जस्ता प्रमुख म्याचहरूको टिकट मूल्य २,५०० पीकेआर-बाट शुरु हुनेछ। कराचीको मैदानमा पाकिस्तान र न्यूजील्याण्डबीच खेलिने म्याचको न्यूनतम टिकट मूल्य १,००० पीकेआर रहेको छ। यसरी भीभीआईपी टिकट मूल्य १२,००० पीकेआर रहेको छ। लाहौरमा अष्ट्रेलिया बनाम ईंग्ल्याण्ड म्याच खेलिनेछ। त्यस म्याचको न्यूनतम टिकट मूल्य १,००० पीकेआर अनि ग्यालरी सीटको टिकट मूल्य १८,००० पीकेआर हुनेछ। यसरी यूएई-को दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा च्याम्पियन्स ट्रफीका म्याचहरू १९ फरवरीदेखि शुरु हुनेछ। यस स्टेडियममा २३ फरवरीमा भारत र पाकिस्तानबीच म्याच खेलिनेछ। त्यस म्याचको टिकट मूल्य अलग स्तरमा रहनेछ। भारतीय टीम पाकिस्तान जाने भए पीसीबी-ले टिकट मूल्य सामान्य घटाउन सक्थ्यो तर भारतले आफ्नो जम्मै म्याच दुबईमा खेल्ने हुनाले टिकट मूल्य अलग उँचाईमा पुग्नेछ। एउटा अनुमान अनुसार, भारत र पाकिस्तानबीच खेलिने म्याचको निम्ति प्रीमियर सीटको टिकट मूल्य १,६४,६६६ रुपियाँसम्म पुग्न सक्छ।