पूर्वी कमानले कोलकातामा ७७औं सेना दिवस हर्षोंल्लासका साथ मनाए

Eastern_Command_(India)

कोलकाता :भारतीय सेनाको पूर्वी कमानले १५ जनवरीमा विजय दुर्ग, कोलकातामा ७७औं सेना दिवसलाई देशभक्ति र गर्वको साथ मनाएको छ। सो आयोजन ती बहादुर सैनिकहरूलाई श्रद्धाञ्जलि दिनको निम्ति गरियो, जसले मातृभूमिको रक्षाको निम्ति आफ्नो सर्वस्व बलिदान गरेका छन्।
हरेक वर्ष १५ जनवरीमा सेना दिवस मनाइने गरिन्छ, जसले त्यस एतिहासिक दिनको सम्झना गराउँछl जब १९४९ मा जनरल (पछि फील्ड मार्शल) केएम करियप्पा भारतीय सेनाको पहिलो भारतीय कमान्डर-इन-चीफ बनेका थिए। यस विशेष अवसरमा पूर्वी कमानले जनरल अफिसर कमान्डिङ-इन-चीफ लेफ्टिनेन्ट जनरल रामचन्द्र तिवारी (यूवाईएसएम, एवीएसएम, एसएम) ले विजय स्मारकमा पुष्पचक्र अर्पित गरी वीर शहीदहरूलाई नमन गरे। समारोहमा पूर्वी कमानको १६ यूनिट्सलाई ‘चीफ अफ द आर्मी स्टाफ यूनिट सिटेशन’ र ४५ यूनिट्सलाई ‘जीओसी-इन-सी, पूर्वी कमान यूनिट सिटेशन’ले सम्मानित गरियो। यो सम्मान उनीहरूको अनुकरणीय सेवा र समर्पणलाई दर्शाउँछ।
भारतीय सेना विश्वको सबैभन्दा अनुशासित र पेशेवर सेनाहरूमध्ये एक मानिन्छ, जसले न केवल सीमाहरूको रक्षा गर्दछ तर प्राकृतिक आपदाहरूमा राहत र बचाउ कार्यहरूमा पनि अग्रणी भूमिका निभाउँदछ। यस गौरवशाली दिनमा सेनाले राष्ट्रको सुरक्षा र नागरिकहरूको रक्षाको आफ्नो संकल्पलाई एक पटक फेरि दोहोराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement