अगरतला(त्रिपुरा): त्रिपुरा विधानसभाले बुधवार एउटा विधेयक पारित गरेको छl जसमा मुख्यमन्त्री, मन्त्री, स्पीकर तथा विधायकहरूको पारिश्रमिक , पेन्शन तथा भत्तामा लगभग सय प्रतिशत वृद्धि जस्ता विषयहरू उल्लेख गरिएको थियो।
नयाँ प्रावधानहरू अन्तर्गत मुख्यमन्त्रीलाई मासिक पारिश्रमिक ९७ हजार रुपियाँ सहित १३ हजार रुपियाँ समारम्भिक भत्ता दिइनेछ। मन्त्री तथा विपक्षी नेताहरूलाई ९५ हजार रुपियाँ पारिश्रमिक र १२ हजार रुपियाँ भत्ता दिइनेछ भने विधायकहरूलाई ९३ हजार रुपियाँ पारिश्रमिक र १२ हजार रुपियाँ भत्ता प्राप्त हुनेछ।