मन्त्री एनबी दाहालले गरे नेपाल–भारत सीमामा नवनिर्मित सडकको निरीक्षण

IMG-20250115-WA0271

गान्तोक: सडक तथा पुल मन्त्री एनबी दाहालले पश्चिम सिक्किमको चिवाभञ्ज्याङस्थित उत्तरेदेखि नेपाल–भारत सीमासम्मको २० किलोमिटर सडकको निरीक्षण गरे। निरीक्षण अघि मन्त्री दाहालले त्यस क्षेत्रमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) र सिक्किम सशस्त्र प्रहरी (एसएपी) का जवानसँग अन्तरक्रिया गरेको बताइएको छ। अन्तक्रियाको क्रममा चिवाभञ्ज्याङमा खानेपानीको समस्याबारे सुरक्षाकर्मीले गुनासो गरेका थिए भने मन्त्री दाहालले एसएसबीका कमाण्डिङ अधिकारीलाई मुख्यमन्त्रीसँग यस विषयमा छलफल गरिने आश्वासन दिए। राज्यको पूर्वाधार विकासमा मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि विभागीय मन्त्री एनबी दाहालले सड़क पूर्वाधार विकासमाथि देखाएको सक्रियता सराहनीय छ। चिवाभञ्ज्याङ छिमेकी राष्ट्र नेपालको सिमा क्षेत्रसँगै पर्यटकीय दृष्टिले पनि रमनीय रहेकाले सड़कको पूर्वधार हुनुपर्ने अति आवश्यक रहेको बताइएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले पर्यटन क्षेत्रलाई बढ़ावा दिन नागरिकलाई सवारी सुविधा सुनिश्चित गर्ने प्रयासका साथ सडक विकास कार्यलाई अघि बढाईरहेको छ। यस अवसरमा राज्य सरकारका शिक्षा, खेलकूद एवम् युवा मामिला विभाग मन्त्री राजु बस्नेत, विभागीय सल्लाहकार तथा रिन्चेनपुङ समष्टिका विधायक इरूङ तेञ्जिङ लेप्चा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement