गान्तोक: राज्यका ग्रामीण विकास विकास एवं सहकारी विभागका मन्त्री अरूण उप्रेतीले आज अग्नि पीढित परिवारलाई सरकारको तर्फबाट अनुग्रह राशि प्रदान गरे। उल्लेखनीय छ, गत केही दिन अघि गान्तोकस्थित सिसा गोलाई नजिक एउटा काठको घरमा आगालागी हुँदा आगोको कारण घर खरानीमा परिणत भएको थियो। उक्त घटना गत १३ जनवरीको दिन घटेको हो। आगालागीको कारण दुइ तले काठको घर जलेर पूर्णरूपमाध्वस्त भएको थियो। यस घटनलाई नियन्त्रण गर्नको निम्ति अग्निशमन विभाग साथै सिक्किम पुलिसलाई दुई घण्टा भन्दा अधिक समय लागेको थियो। आगलागीमा तीन चारवटा सिलिन्डर पडकिएपछि आगोले उग्ररूप लियो, जसको कारण अग्निशमन विभागलाई आगो नियन्त्रण गर्न धेरै समस्या भएको थियो। क्षतिपूर्ति अर्थात अनुग्रह राशि प्रदान गरिने क्रममा गान्तोक जिल्लाका महकुमा अधिकारी विजेता खरेल, जिल्ला आपदा प्रवन्धन प्राधिकरणका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। किरायाको घरमा बस्दै आइरहेका सन्दीप सुन्दास, रोशन सुन्दास, पुष्प सुन्दास, मुकेश छेत्री, सुकु डोमा लेप्चा, भाइचुङलेप्चा, अर्जुन शर्मा, बाल कृष्ण कार्कीढोली, उमेश शर्मा, अब्दुल रहमान र मोहम्द मुस्लिम रहेका थिए। सोही प्रकारले आगोको चपेटमा परि आंशिकरूपमा क्षतिग्रस्त बनेको मोहन बस्नेतलाई पनि एसडीआरएफको नियम अनसार क्षतिपूर्ति प्रदान गरियो।