एआईएफएफ-का नयाँ अध्यक्ष बने कल्याण चौबे

IMG-20220902-WA0156.jpg

२ सेप्टेम्बरः अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-लाई आफ्नो ८५ सालको इतिहासमा शुक्रवार कल्याण चौबेको रूपमा यस्तो पहिलो अध्यक्ष प्राप्त भयो, जो पूर्वमा फूटबल रहिसकेका छन्। चौबेले अध्यक्ष पदको चुनाउमा पूर्व दिग्गज फूटबल भाइचुङ भूटियालाई पराजित गरे। मोहन बगान र ईष्ट बेंगलका पूर्व गोलकीपर ४५ वर्षीय चौबेले ३३-१-ले जीत हासिल गरे। चौबेको जीत पहिला नै लगभग तय लागेको थियो कारण पूर्व कप्तान भाइचुङलाई राज्य संघहरूका प्रतिनिधिहरूका ३४ सदस्यीय निर्वाचक मण्डलमा धेरैको समर्थन हासिल थिएन। गत लोकसभा चुनाउमा पश्चिम बंगालको कृष्णनगर सीटबाट हार्ने भाजपा-का राजनीतिज्ञ चौबेले कहिले भारतीय सीनियर टीमबाट खेलेनन् तर केही अवसरहरूमा टीमका हिस्सा चाहिँ रहेका थिए। उनले आयु वर्गका टुर्नामेण्टहरूमा चाहिँ अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिनिधित्व गरेका थिए। भाइचुङ अनि चौबे एक समय ईष्ट बेंगलमा एकसाथ खेलेका थिए।

यसको साथमा कर्नाटक फूटबल संघका अध्यक्ष अनि कंग्रेसका विधायक एनए हारिसले उपाध्यक्षको एकमात्र पदमा जीत हासिल गरे। उनले राजस्थान फूटबल संघका मानवेन्द्र सिंहलाई २९-५-ले पराजित गरे। अरुणाचल प्रदेशका किपा अजयले आन्ध्र प्रदेशका गोपालकृष्ण कोसाराजुलाई ३२-१-ले पराजित गरी कोषाध्यक्षको पद हासिल गरे। कोसाराजूले अध्यक्ष पदको निम्ति भाइचुङको नामको प्रस्ताव राखेका थिए जबकि मानवेन्द्र सिंहले त्यसको समर्थन गरेका थिए। कार्यकारिणीका १४ सदस्यहरूका निम्ति त्यति नै संख्यामा उम्मेद्वारहरूले नामांकन दर्ता गरेका हुनाले उनीहरूलाई निर्विरोध चयन गरियो।

एआईएफएफ-का नवनिर्वाचित सदस्यहरूः
अध्यक्षः कल्याण चौबे
उपाध्यक्षः एनए हारिस
कोषाध्यक्षः किपा अजय
कार्यकारिणी सदस्यहरूः जीपी पालगुना, अविजीत पाल, पी अनिलकुमार, वलंका नताशा अलेमाओ, मालोजी राजे छत्रपति, मेनला एथेन्पा, मोहन लाल, आरिफ अली, के नीबौ सेखोज, लालनघिंग्लोवा हमर, दीपक शर्मा, विजय बाली र सैयद इम्तियाज हुसैन।

भाइचुङ, आईएम विजयन, शब्बीर अली र क्लाइमेक्स लरेन्स खेलाड़ीहरूका प्रतिनिधिको रूपमा कार्यकारिणीमा सामेल हुनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *