रेलिंग च्याम्पियन्स ट्रफीः प्लेईंग सेवेन सेमिफाइनलमा स्थान बनाउन सफल

Screenshot_20250115_195929_FotoCollage Maker

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा इस आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा प्लेईंग सेवेन (नेपाल)-ले सजिलै सेमिफाइनलमा प्रवेश गऱ्यो। बुधवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा प्लेईंग सेवेन ले अयुष फूटबल क्लब विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट मौसम राईले २ र शेखर राईले १ गोल गरे। यसरी अयुष एफसी-को तर्फबाट प्रशान्त (भाइचुङ) राईले गोल गरे। मौसम राईले प्लेयर अव् द म्याचको ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement