मङपू: भारतीय गोर्खा पूर्व सैनिक संगठन मङपूको आयोजनामा आजदेखि स्थानीय जन मैदानमा युवाकयुवतीको निम्ति महीना दिन व्यापी तालिम शुरु भएको छl आजदेखि २५ जना युवा युवातीहरुले महीना ब्यापी तालिममा भाग लिए। भूपू सैनिक क्याप्टन बलीन्द्र ब्लोनको अध्यक्षता आजको कार्यक्रम शुरु गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिहरु मङपू अस्पतालका चिकित्सक डा अरुप घोषाल अनि मङपू आउट पोस्टका एएसआई सुनील छेत्री उपस्थित थिए। उक्त महिना व्यापी तालिम सुबेदार विकास तामाङ, सुबेदार रुद्र देवान, हवल्दार कर्णवीर गुरुङ, हवल्दार सञ्जय थापा र नायक उमेश सुब्बाले दिने भएका छन्।

स्थानीय युवाहरुलाई कुलतबाट जोगाउन नै मङपू क्षेत्रका भूपू सैनिकहरुले यो पहल शुरु गरेका हुन्l तालिम लिने युवकयुवतीहरुलाई भविष्यमा गएर केन्द्र अथवा राज्यको सीमा सुरक्षा बलमा भर्ती हुनुमा ठुलो सहयोग पुग्ने हुनाले महीनाव्यापी तालिम शुरु गरिएको नायक गगन थापाले बताए। आज देखि शुरु भएको तालिममा एक सप्ताह भित्र मङपू सिटोङ अथवा नजिकैका इच्छुक युवकयुवतीहरुले फर्म भरेर तालिममा भाग लिन सक्ने जानकारी नायक थापाले दिएका छन्।
