मकैबारी चियाबगानको कोदोबारी गाउँमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आरम्भ

IMG-20250115-WA0247

खरसाङ: खरसाङ खण्ड अन्तर्गत मकैबारी चियाबगानको कोदोबारी गाउँमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आरम्भ भएको छ। बुधवार यस महायज्ञको आरम्भ गर्दै कलशयात्रा निकालियो। स्थानीय प्रदीप छेत्री अनि सपरिवारद्वारा आयोजित यस महायज्ञमा मुख्य कथावाचकको रूपमा आचार्य पण्डित लक्ष्मी प्रसाद ढकाल रहेका छन् भने उपव्यासमा नेपालका पण्डित नबीन खतिवडा रहेका छन्। बुधवार प्रथम दिन कलशयात्रा गरिएपछि मण्डप पूजा एवम् अन्य पूजा-पाठ गरियो। कलशयात्रामा सपरिवार सहित स्थानीय भक्तजनको धेरै मात्रामा उपस्थिति रहेको थियो। बिहीवारदेखि लगातार रूपमा कथा वाचन एवम् अन्य कार्यक्रमहरू गरिने छ भने संगीतमय भजन कीर्तन आदि पनि हुने जानकारी परिवारपक्षले दिएका छन्। यस सप्ताहव्यापी महायज्ञमा सबै श्रद्धालु भक्तजनहरूलाई उपस्थित रहेर कथा श्रवण गर्ने अनुरोध पनि परिवार पक्षले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement