खरसाङ: खरसाङस्थित अरिङ्गले गाउँमा अवस्थित सार्वजनिक भवनमा गैर सरकारी संस्था भावना फाउण्डेसनको दोस्रो स्थापना दिवस सम्पन्न भयो। कार्यक्रमको पहिलो चरणमा पञ्चायत समिति सदस्य रिता राईको बाहुलीबाट दीप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ गरियो भने भावना फाउण्डेसनलाई सहयोग पुराउने व्यक्तिहरूलाई संस्थाका सदस्यहरुले सम्मान स्वरूप सम्बर्द्धना जनाए साथै खेलकुद अनि नृत्य कलाकारहरूलाई संस्थाले सम्बर्द्धना जनायो। कार्यक्रममा बाल बालिकाहरूले सुन्दर नृत्य प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए। कार्यक्रमलाई अथिति समाज सेवक नितेश खडका अनि नव युवा साहित्यकार रचिता छेत्रीले सम्बोधन गरे। भावना फाउण्डेशनका २०२५ को वर्षिक क्यालेण्डर पनि संस्थाका सदस्यहरुले वितरण गरे फाउण्डेशनका संस्थापक अध्यक्ष किरण लोरूङ राईद्वरा संस्थाले अझसम्म गरेको सामाजिक कार्यहरुको विस्तृत जानकारी कार्यक्रममा गरे। स्थापना दिवस कार्यक्रममा बसन्त कुलुङ राई, विनय ठकुरी अनि अरिंगले गाउँका वरिष्ठ नागरीकहरूको विशेष उपस्थिति रहेको थियो भने सभा सञ्चालन किरण लोरूङ्ग राईले गरेका थिए।