देउराली संघ नक्आउट फूटबल टुर्नामेण्टः बेलगाछी स्पोर्टिंग क्लब विजयी

IMG_20220902_235012.jpg

२ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा) शुक्रवारदेखि शुरु भयो। रंगमोहन हाई स्कूल मैदानमा आज खेलिएको उद्घाटन म्याचमा बेलगाछी स्पोर्टिंग क्लबले मन्दिर गाउँ, सौरेनीलाई ५-१-ले पराजित गऱ्यो। अब शनिवार खेलिने म्याचमा रंगमोहन बोइज र भानु बस्तीबीच भिड़न्त हुनेछ। आजको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा बिन्द्र कुमार प्रधान (भागोप्रमो, केन्द्रीय समिति सदस्य) उपस्थित थिए। यसबाहेक अतिथिको रूपमा समाजसेवी दावा बोम्जन, सन्तवीर पाख्रीन, छिवांग बोम्जन, मनोज स्यांग्बो, महेन्द्र मोक्तान (टीचर इन्चार्ज, पुटुंग हाई स्कूल), जय कुमार पाख्रीन, अरुण गुरुङ र बीर बोम्जनसहित अन्य गण्यामान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ।

यसरी नै फाइनल 2 अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *