रोहिणीमा फूटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न

IMG-20250115-WA0245

खरसाङ: रोहिणी पाईलाधुरा युनाइटेड क्लबद्वारा आयोजना गरिएको फूटबल प्रतियोगिताको फाइनल खेल मंगलवार सम्पन्न भयो। यस खेलमा रोहिणी जबराहाट बनाम खरसाङ मन्टेभियट माझ भिडन्त भएको थियो भने खेलमा रोहिणी जबराहाट विजयी भयो। यस फाइनल खेल समारोहमा मुख्य अतिथिको रूपमा पंखाबारी अम्बटे लंगभ्यू समष्टिका कार्यकारिणी सभासद कल्पना प्रधान, विशिष्ट अतिथिहरुमा रोहिणी चिया बगानका प्रबन्धक हरिराम चौधारी, सह प्रबन्धक भास्कर चक्रवर्ती, घैयाबारी ग्राम पञ्चायतका एककी प्रधान रिना छेत्री, घैयाबारी -तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा राई, पञ्चायत सदस्य सपन थापा, गगन तामाङ, गायत्री मंग्राती, उमेश थापा, रोहिणी ब्लक सभापति दिपक तामाङ, सदस्य बिसान गोले, मिके लामा, थेबा बल, पेमा तामाङ, सुन्दर राई, वृद्ध आश्रमकी केयर टेकेर, समाजका प्रतिनिधि लगायत विभिन्न गाउँका खेल प्रेमीहरू उपस्थित थिए। यस अवसरमा स्थानीय नानीहरूबाट नृत्य प्रस्तुत गरियो भनी सुन्दर राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement