खरसाङमा जीटीए स्तरीय दोस्रो संस्करणको मार्शल आर्ट्स खेल, कराते इभेन्ट सम्पन्न

IMG-20250115-WA0243

खरसाङ: जीटीए स्तरीय दोस्रो संस्करणको मार्शल आर्ट्स खेल, कराते इभेन्ट खरसाङमा आयोजित भएको थियो। जुन एलाइड मार्शल आर्ट्स डेभलपमेन्ट एसोसिएसनद्वारा आयोजित गरेको थियो। आमाडाको रूपमा चिनिने संघ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको खेलकूद र युवा मामिला विभागद्वारा मान्यता प्राप्त संघ हो। कार्यक्रममा कालेबुङ र दार्जिलिङ जिल्लाका सहभागीहरुको सहभागिता रहेको थियो। कराते इभेन्टको प्राविधिक प्रमुख कालेबुङका शिहान सुशन थापा थिए जो सम्पूर्ण उत्तर बङ्गाल क्षेत्रका एक मात्र व्यक्ति अनि गोर्खे छोरा हुन् जसले एसियन कराते फेडेरेसनबाट न्यायाधीशको प्रमाण पत्र पाएका थिए। कार्यक्रममा प्रमुख अतिथिका रुपमा सभासद नवराज क्षेत्रीको उपस्थिति रहेको थियो। कार्यक्रममा सभासद श्याम शेर्पा, प्रेमेन्द्र गुरुङ, विशाल भुजेल र आशिष तामाङ विशेष अतिथिको रुपमा उपस्थित थिए।


यस च्याम्पियनशीपको पुरुष विधामा खरसाङका लेनिन राई र महिला विधामा कालेबुङकी प्रनेसिका क्षेत्रीले उत्कृष्ट लडाकुको उपाधि जिते। मिरिकका कनित नाग र सेजल प्रधान दुबैले पुरुष तथा महिला विधामा उत्कृष्ट काताको उपाधि जिते। खरसाङ सब डिभिजनको मार्सल आर्ट एण्ड फिटनेस एकेडेमी च्याम्पियनशीपको च्याम्पियन बने र मिरिक कराते-डो एकेडेमी च्याम्पियनसिपको उप विजेता बनेको छ।‌ अमा‌डाका अध्यक्ष सन्दीप प्रधान र महासचिव मिलन सुब्बाले जीटीए प्रमुख अनित थापा र खेलकूद तथा युवा मामिला विभागका कार्यकारी निर्देशक सोनम भोटियालाई मार्सल आर्ट खेललाई प्रोत्साहन गर्न सहयोग गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

दुवैले खरसाङ सब डिभिजन अस्पतालका चिकित्सक टोली, सम्पूर्ण पदाधिकारी, प्रशिक्षक, अभिभावक र सहभागीहरूलाई सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेकोमा कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement