जीटीए प्रमुख अनित थापाको बाहुलीबाट सोनादामा विभिन्न योजनाहरुको शिलान्यास

IMG-20250115-WA0229

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले सोनादामा आज गाउँ सम्पर्क सडकको सुधार र सुदृढीकरणको निम्ति विभिन्न योजनाहरुको शिलान्यास गरेका छन्। उक्त शिलान्यास कार्यक्रमलाई पञ्चायत समिति सदस्य बबिन्द्र राईले‌ सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण पञ्चायत समिति सदस्य सुमन बम्जनले राखेका थिए।

कार्यक्रमलाई कार्यकारी सभासद एंव क्षेत्रीय सभासद अनोश थापा, कार्यकारी निर्देशक सामदेन डुक्पा र जीटीए प्रमुख कार्यपाल अनित थापाले सम्बोधन गरेका थिए। कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, भागोप्रमोको पदाधिकारीहरु लगायत सभासदहरु र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्यक्रम सोनादाको नयाँ बस्तीमा आयोजना गरिएको थियो।

उक्त शिलान्यास गरिएको योजनाहरूमा राष्ट्रिय राजमार्गको पेट्रोल पम्पदेखि कुङ्गा डेलेक होमस्टेसम्म ६२५ मिटरको रहेको छ भने मिलनमोडदेखि गुम्बा डाँडासम्म, मिलनमोडदेखि सामतेनको घरसम्म, लाक्पा शेर्पाको घरदेखि तिन्धुरे खोलासम्म अनि भुटिया गाउँदेखि धुप्पी मैदानसम्म साथै पछाडिएकावर्ग कल्याण र आदिवासी विकास, दार्जीलिङद्वारा बाटोको निर्माण हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement