लामा गाउँ गोल्ड कपः रोयल फूटबल क्लब रोमाञ्चक जीतको साथ सेमिफाइनलमा

photocollage_2025115191520660

दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा रोयल फूटबल क्लबले रोमाञ्चक जीतको साथ सेेमिफाइनलमा स्थान बनायो। बुधवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा रोयल फूटबल क्लबले फ्यूचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम) विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुराग छेत्री र अभिषेक गुरुङले गोल गरे। सुराग छेत्रीले प्लेयर अव् द म्याचको पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २० र २३ जनवरीमा खेलिनेछ। यसरी फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement