खरसाङ: गोल किपर राजीव सिन्हाले तीनवटा पेनाल्टी सुट सेभ गरेपछि दुधे एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश गर्न सफल बनेको छ। घैयाबारी स्पोर्ट्स एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेल चौथो क्वाटर फाइनल खेल दुधे एफसी र एक्का ट्रायल घैयाबारीमाझ सम्पन्न भएको थियो। यस खेलको पहिलो हाफमा एक्का ट्रायलले गोल गरेर बढत बनाएका थिए अनि पहिलो हाफको खेल १-० मा समाप्त भएको थियो। दोस्रो हाफको खेलमा दुधे एफसीको जर्सी नम्बर १० ले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। निर्धारित समयसम्म दुवै दलमाझ १-१ गोलको बराबरीमा खेल समाप्त भएपछि पेनाल्टी सुट आउट खेलाइएको थियो। उक्त पेनाल्टी सुट आउटमा एक्का ट्रायलको तीनजनाले हुर्काएको पेनाल्टी दुधे एफसीको गोल किपर राजीव सिन्हाले सेभ गरेपछि दुधे एफसी ३-१ को अन्तरले विजयी हुँदै सेमी फाइनलमा प्रवेश गरेको छ।अब दुधे एफसीको भीड्न्त आगामी १९ जनवरीमा तकदाह एफसीसित हुने भएको छ।आजको खेलमा म्यान अफ् द म्याच दुधे एफसीको गोल किपर राजीव सिन्हा चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा श्रम मन्त्रालयको सह निर्देशक अपरुप विश्वास उपस्थित रहेका थिए। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोटर्स एसोसिएसनको मूल सचिव शंकु खवासले आज भएको चौथो तथा अन्तिम क्वाटर फाइनल खेल दुधे एफसी र एक्का ट्रायल घैयाबारीमाझ सम्पन्न भएको थियो जसमा दुधे एफसीले पेनाल्टीमा जित्दै सेमी फाइनलमा प्रवेश गरेको बताएका छन्। उनले घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत क्वाटर फाइनल खेल समाप्त भएको र अब आगामी १८ र १९ जनवरीमा सेमी फाइनल खेल सम्पन्न हुने भएको जानकारी गराएका छन्। उनले बताए अनुसार आगामी १८ जनवरीको दिन चाँद एफसी र उदय संघ घैयाबारीमाझ पहिलो सेमी फाइनल खेल र आगामी १९ जनवरीको दिन तकदाह एफसी र दुधे एफसीमाझ दोस्रो सेमी फाइनल खेल सम्पन्न हुने भएको जानकारी गराएका छन्। उनले यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी २६ जनवरीमा सम्पन्न हुने भएको जानकारी गराएका छन्।