खरसाङ वाइट अर्किड फेस्टिभलमा सांस्कृतिक प्रदर्शनी साथै वयस्क महिलाहरुका लागि वाक्कथनको आयोजना गरिने

IMG-20250115-WA0218

खरसाङ: खरसाङमा भईरहेको वाइट अर्किड फेस्टिभलमा सांस्कृतिक प्रदर्शनी साथै वयस्क महिलाहरुका लागि वाक्कथनको पनि आयोजना गरिने भएको छ‌। यस विषयमा खरसाङमा पत्रकारहरुसित कुराकानी गर्दै गर्दै गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा एंव वाइट अर्किड फेस्टिभल खरसाङको सदस्य आशा मुखिया लामाले आगामी २४ देखि २६ जनवरीसम्म हुने खरसाङ वाइट अर्किड फेस्टिभलमा २४ र २५ जनवरीमा सांस्कृतिक प्रदर्शनी गरिने जानकारी गराएकी छन्। उनले यसावधि खरसाङ सांस्कृतिक संस्थान खरसाङद्वारा दुई दिन जातीय संस्कृति र परम्परागत चीजबीजहरु, भाँडाकुँडाहरु, गर गहनाहरु, जातीय वाद्य वादनहरु पनि प्रदर्शनी गरिने भएको बताएकी छन्‌। उनले यस उत्सवमा जातीय खानपान र भाँडाकुँडाहरु पनि प्रदर्शनी गरिने भएको जानकारी गराएकी छन्। आशा मुखिया लामाले पत्रकारहरुलाई सम्बोधन गर्दै वाइट अर्किड फेस्टिभलमा नै २५ जनवरीको दिन ६० वर्ष नाघेका वयस्क महिलाहरुका लागि वाक्कथनको आयोजना गरिने भएको जानकारी गराएकी छन्। उक्त वक्कथन खरसाङको रोहिणी जिरोदेखि खरसाङ बजार भएर मन्टिभियट रोड हुँदै मन्टिभियट खेल मैदानसम्म आयोजना गरिने भएको छ। उनले यो वाक्कथनमा‌ ६० वर्ष नाघेका वयस्क महिलाहरुले भाग लिन सक्ने र इच्छुक सहभागीहरुले नाम दर्ता गराउन सक्ने जानकारी गराउँदै खरसाङ नगरपालिकाको वार्ड नम्बर 1 देखि २० सम्म अनि खरसाङ खण्ड अन्तर्गत पञ्चायत क्षेत्रका‌ ६० वर्ष नाघेका वयस्क महिलाहरुले भाग लिन आह्वान् गरेकी छन्। उक्त पत्रकार सम्मेलनमा गोर्खा सांस्कृतिक संस्थान खरसाङकी सचिव प्रनिता मुखिया घिसिङ पनि उपस्थित थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement