गान्तोक: आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर मंगन जिल्लामा तयारी सभा सम्पन्न भयो। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभामा मंगन जिल्लाका जिल्लापाल डा. एबी कार्की, अतिरिक्त जिल्लापाल तेञ्जिङ डेञ्जोङपा लगायत सम्वन्धिक विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल कार्कीले आगामी दिनमा हुन गइरहेको पञ्चायत चुनाउबारे थाँतीमा रहेकोसबै कामहरू पुरा गर्नु पर्ने आग्रह गरे। विशेष गरेर मतदाताहरूको स्थान्तरण, नयाँ मतदाताको पञ्जीकरण यी सबै कामहरू शीघ्र पुरा गरिनुपर्ने उनले आदेश दिए। जिल्लापाल कार्कीले यी सबैकामहरू आगामी सात दिनभित्र पुरा गर्नु पर्ने थप निर्देश दिएका छन्। उनले जिल्लाभरका मतदान केन्द्रको अवस्था लगायत चुनाउको तयारी साथै अन्य विभिन्न विषयमा अपडेट रहनुपर्ने बताए।