सिलगढी: मानव उत्थान सेवा समिति बिजयनगर तहसीलको तत्वावधानमा एवम् नीरपानी शाखाको आयोजनामा कोलाबारी- नीरपानी हाई स्कूलको खेल मैदानमा एक दिवसीय ज्ञान यज्ञ समारोह समितिको उत्तरपूर्वाञ्चल क्षेत्रकी प्रभारी महात्मा अदिना बाईजीको अध्यक्षतामा अनि खरसाङ बिधान सभाका माननीय बिधायक बी.पी.बजगाईको प्रमुख आतिथ्यमा भव्य रुपमा सम्पन्न भएको थियो।समारोहको औचित्य एवम् भगवान बुद्धका बाणीहरू तथा बौद्ध दर्शनका सारलाई महात्मा अदिना बाईजी, महात्मा देवा बाईजी, महात्मा अक्षरानन्दजी, समारोहका विशिष्ट अतिथिद्वय ब्यास गुरु घनश्याम खनाल र डा.काशीनाथ खनाल लगायत प्रमुख अतिथि बी. पी. बजगाईले सम्झाएका थिए। आफ्नो शरीरमा धारण भएको आत्मा तत्वरुपी प्राण शक्तिलाई जान्नु नै धर्मको सार रहेको कुरो बताउदै भगवान बुद्धको जीवन लीलाको चर्चा – परिचर्चा गरेका थिए। समितिका सल्लाहकार हरि निरौलाले स्वागत वक्तव्य राखेको उक्त समारोहमा समितिका उत्तपूर्वाञ्चल क्षेत्रका प्रचार – प्रसार सचिव मेघनाथ छेत्रीले पनि समारोहलाई सञ्चालन गर्दै मानव उत्थान सेवा समितिको सामाजिक – आध्यात्मिक क्रियाकलापहरूको जानकारी पनि दिएका थिए। बिमल राई, अश्विन राई, सिद्धार्थ थापा , अरुणा राई आदिले सुमधुर भजनहरू प्रस्तुत गरेका थिए। समितिका बिजयनगर तहसीलका सचिव सुरज राई, निरपानी शाखाका चन्द्रकान्ता शर्माले धन्यबाद ज्ञापन गरेका थिए। निरपानी कोलाबारी हाई स्कूलका प्रधान अध्यापक बसन्त राई, प्राथमिक पाठशालाका प्रधान अध्यापक सत्यनारायण शर्मा, पानीघट्टा हाई स्कूलका शिक्षक भवानीप्रसाद दुलाल, मिरिक हाई स्कूलका शिक्षक पराग शर्मा, कोलाबारीका शिक्षक सुभाष दाहाल, भैसीहाट्टीका शिक्षक सूसन थापा, दुधेकी शिक्षका श्रीमती पूर्णिमा शर्मा, समिति र सेवादलका कार्यकर्ताहरू नवदीप लामा( डुवर्स मण्डल), श्याम रतन साहु, कर्णल डी.सी. राई, एल.बी. छेत्री, बिनिता राई, शशी तामाङ, परिणिता तामाङ, ममता निरौला, ज्योति थापा( राई), रञ्जन राई लगायत समितिको सिलगढी र बिजयनगर तहसील अन्तर्गतका सबै शाखाहरूबाट धेरै प्रेमीसज्जनवृन्द र भागववत् भक्तजन उपस्थित थिए। यस अवसरमा ड्रीम डान्स एकाडेमी पानीघट्टाका नानीहरूले सुन्दर नृत्य प्रस्तुत गरेका थिए। मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजजीको तस्वीरमा माल्यार्पण एवम् भगवान बुद्धको तस्वीर अघि एक सय आठवटा दीप प्रज्वलन गरी समारोहको शुआरम्भ भएको थियो।