झापा बजार: भारत नेपाल सिमा दिघलबैंकमा नशालु पदार्थ ब्राउन सुगरसहित दुईजना भारतीय तस्कर पक्राउ परेका छन्। पक्राउ पर्नेमा बनवारी, उत्तर दिनाजपुर, पश्चिम बंगाल स्थायी घर भएका इजाबुल हक र अनवर आलम रहेका छन्। उनिहरूलाइ सिमा सुरक्षामा खटिएका भारतीय सशस्त्र सिमा वल (एसएसबी) १२औं वाहिनीको एफ कम्पनी दिघलबैैंकले १०२.२३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
भारतबाट नेपाल तर्फ लैजाने तयारी गरिरहेका उनिहरूलाई असिस्टेन्ट कमान्डेट मनोज कुमारलाई आएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो। बरामद ब्राउन सुगर दिघलबैंक प्रहरी थानालाई जिम्मा लगाइएको छ।
पक्राउ गर्ने टोलीमा एसएसबी इन्स्पेक्टर राजेश सिंह, दिघलबैंक थानाका एसआई सुधा कुमारी सहित पुलिस बल र एसएसबी जवानहरू सामेल थिए।