पेरिसमा जितेको पदकको रंग खराब हुँदा चिन्तित शूटर मनु भाकर

IMG-20250115-WA0119

नयाँ दिल्ली: भारतकी स्टार महिला शूटर मनु भाकरले गत वर्ष भएको पेरिस ओलम्पिकमा २ वटा काँस्य पदक जितेर इतिहास रचेकी थिइन्। यसबीच पेरिसमा जितेको दुवै काँस्य पदकको ६ महिनामै रंग खराब हुँदा उनी निराश छिन्। मनुले पदकलाई आयोजकहरूले बद्ली गर्ने आशा व्यक्त गरेकी छन्। मनु ती खेलाड़ीहरूका ठूलो समूहमा सामेल छिन्, जसले पेरिस ओलम्पिकको पदकको रंग चाँड़ै खराब भएको नालिश गरेका छन्। गत वर्ष जुलाई-अगस्तमा भएको पेरिस ओलम्पिकमा मनुले दुईवटा अलग-अलग वर्गमा काँस्य पदक जितेकी थिइन्। पेरिस ओलम्पिकमा प्रदान गरिएको पदकको खराब गुणवत्तालाई लिएर विश्वभरिका धेरै एथलीटहरूले सोशल मीडियामा पोस्टहरू गरेका छन्। उनीहरू सबैले पदकको रंग उड़ेको या खराब भएको नालिश गरेका छन्। यसबीच मनुले जितेको पदकको पनि त्यही स्थिति भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-ले क्षतिग्रस्त पदकहरूलाई मोनैई डे पेरिस (फ्रान्सको राष्ट्रिय टक्साल) द्वारा व्यवस्थित रूपले बद्ली गरिने दावी गरिसकेको छ। खेलाड़ीहरूलाई प्राप्त हुने नयाँ पदक पुरानो पदक जस्तै हुनेछ।प्रत्येक ओलम्पिक पदकको केन्द्रमा लगाइएको स्टीलको टुक्राको ओजन १८ ग्राम हुन्छ।
मोनैई डे पेरिसले फ्रान्सको निम्ति सिक्का र अन्य मुद्रा तयार गर्छ। पेरिस ओलम्पिकको आयोजन समितिले सबै क्षतिग्रस्त पदकलाई बद्लिन मेनौई डे पेरिससँग मिलेर काम गरिरहेको छ। पेरिस ओलम्पिक र प्यारालम्पिक २०२४-मा दिइएको पदकहरूमा प्रतिष्ठित एफिल टावरको टुक्रा सामेल थियो। पेरिस ओलम्पिकको निम्ति ५०८४ वटा स्वर्ण, रजत र काँस्य पदक महँगो आभूषण र घड़ी बनाउने कम्पनी चौमेटद्वारा डिजाइन गरिएको थियो अनि मोनैई डे पेरिसले त्यसलाई तयार गरेको थियो। उल्लेखनीय छ, मनु एउटै ओलम्पिकमा २ वटा पदक जित्ने स्वतन्त्र भारतकी पहिलो खेलाड़ी हुन्। उनले व्यक्तिगत १० मीटर एयर पिस्टल स्पर्धामा काँस्य पदक जितेर यी खेलहरूमा भारतको निम्ति पदकको खाता खोलेकी थिइन्। यसरी उनी ओलम्पिकमा पदक जित्ने देशकी पहिलो महिला शूटर बनेकी थिइन्। यस २२ वर्षीय खेलाड़ीले पछिबाट सरबजोत सिंहसँग मिलेर १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धामा पनि काँस्य पदक जितेकी थिइन्। पेरिस ओलम्पिकमा ऐतिहासिक प्रदर्शनले गर्दा खेल मन्त्रालयले मनुलाई खेल रत्न पुरस्कारले सम्मानित गर्ने घोषणा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement